ad ad

कारोबार


एप्पललाई फ्रान्समा कीर्तिमानी १ अर्ब २० करोड डलर जरिवाना

एप्पललाई फ्रान्समा कीर्तिमानी १ अर्ब २० करोड डलर जरिवाना

नेपालखबर
चैत ४, २०७६ मंगलबार ६:३७,

अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि फ्रान्सले कीर्तिमानी जरिवाना तिराउने भएको छ। फ्रान्सको व्यावसायिक प्रतिस्पर्धासम्बन्धी कानुन मिचेको भन्दै एप्पललाई १ अर्ब २० करोड अमेरिकी डलर जरिवाना तिराइन लागेको एजेन्सीहरुले जनाएका छन्।

फ्रान्सले लगाएको यो अहिलेसम्मकै ठूलो जरिवाना रकम हो। एप्पलसहित उसका दुई होलसेलर कम्पनीलाई पनि दोषी ठहर्‍याइएको छ। दुई होलसेलर (थोक बिक्रेता)हरु टेक डाटा र इन्ग्राम माइक्रोलाई क्रमशः ७ करोड ६० लाख र ६ करोड ३० लाख युरो जरिवाना तिराइन लागेको हो।

दुई होलसेलरसँग एप्पलले आफ्ना उत्पादन बिक्रीमा कम्पनीहरुबीच प्रतिस्पर्धा नगर्ने सम्झौता गरेको थियो। यसबारे इबिजक्युसले उजुरी गरेपछि सन् २०१२ मै फ्रेन्च अधिकारीहरुले अनुसन्धान थालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .