४ महिनामा विदेशी पर्यटकबाट हुने आम्दानी ३.८ प्रतिशतले बढेको छ। साउनदेखि कात्तिक महिनासम्म २६ अर्ब ८४ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५ अर्ब ८७ करोड रहेको थियो।
कात्तिकसम्म खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा गएको छ।
अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोडले घाटामा थियो।
विदेशी पर्यटकबाट आउने आम्दानी बढ्नु सुखद भए पनि नेपाली विदेश गएर खर्च बढ्नु चिन्ताजनक छ।
४ महिनामा भ्रमण व्यय १०.३ प्रतिशतले वृद्धि भई ६८ अर्ब ३१ करोड पुगेको छ। यसमध्ये शिक्षातर्फको व्यय ३७ अर्ब ७२ करोड रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ६१ अर्ब ९२ करोड रहेकोमा शिक्षातर्फको व्यय ३८ अर्ब ४४ करोड रहेको थियो।
27
Shares

प्रतिक्रिया