कारोबार


लगातार घटेको सेयरबजारले पाएन टेवा, बिहीबार फेरि ३३ अंकले घट्यो नेप्से

लगातार घटेको सेयरबजारले पाएन टेवा, बिहीबार फेरि ३३ अंकले घट्यो नेप्से

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार १५:१९, काठमाडौँ

लगातार ५ दिनदेखि घटेको सेयरबजारले बिहीबार पनि टेवा पाउन सकेन। बुधबार ४५ अंकले नेप्से बढे पनि बिहीबार त्यसले निरन्तरता भने पाउन नसकेको हो। 

बिहीबार नेप्से सूचक पुन: ३३.४२ अंकले घटेर २६८२.२९ अंकमा आइपुगेको हो। समग्रमा यो साता नेप्से ६८ अंकले नेप्से घटेको छ। 

नेप्सेले २७ सय अंकमाथिको यात्रा गर्न नसक्दा लगानीकर्ताले कारोबारलाई समेत खुम्च्याउन थालेका छन्।

आइतबार ७ अर्ब ३५ करोडको कारोबार गरेका लगानीकर्ताले बिहीबारसम्म आइपुग्दा कारोबारलाई घटाएर ६ अर्ब १४ मा सीमित राखेका हुन्। बुधबार ४५ अंकले बढेको बजारमा पनि लगानीकर्ताले ५ अर्ब मात्रैको कारोबार गरेका थिए। यसर्थ यो हप्ता लगानीकर्ता कारोबारमा भने उति उत्साहित नदेखिएका हुन्। 

बिहीबार बजार हरियाली बन्ने र राताम्मे बन्नेक्रम जारी नै रह्यो जसले गर्दा कारोबारमा आए ३०४ वटा कम्पनीमध्ये ४० वटा कम्पनीको मूल्य बढ्न पुग्यो भने २०४ वटाको घट्न पुग्यो। 

बढ्नेमा यो दिन त्रिशूली जलविद्युत् अगाडि छ यो कम्पनीको ८.५५ प्रतिशतले मूल्य बढ्दा नारायणी विकास बैंकको ७.५४ प्रतिशत मूल्य बढ्यो। 

घट्नेमा भने आज जानकी फाइनान्स अगाडि छ। यो कम्पनीको ९.९९ प्रतिशतले सेयरमूल्य घटेको हो।

सो कम्पनी कारोबारमा पनि अगाडि छ। आज यो फाइनान्सको मात्रै २६ करोड १२ लाख रुपैयाँ कारोबार भएको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad