कारोबार


निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति

निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति

नेपालखबर
मंसिर २६, २०८१ बुधबार १५:५५, काठमाडौँ

सिमेन्ट उद्योगी व्यवसायीहरूले सिमेन्टको मूल्य घटाउने प्रतिवद्धता जनाएका छन्।

बुधवार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीचको उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए।

छलफलपछि सञ्चारकर्मीहररूसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीहरूले प्रतिवद्धता गरेको जानकारी दिए।

उनकाअनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पीसीसी सिमेन्ट उपलब्ध हुनेछ। आफूहरूले सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ।

उनले भने, ‘हाम्रो सुझाव चाहिँ उहाँहरुलाई के छ भने सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन। बजार घाटालाई हेरेर जसरी उहाँले अहिले फ्याक्ट्रिमा सात सय रुपैयाँ पुर्‍याउनु भएको छ। त्यसलाई समायोजन गर्नुपर्यो भनेर हामीले मन्त्रीको रहोबरमा छलफल गर्यौं। आफ्ना आफ्ना समस्याहरु राख्ने काम भएको छ। अब यही अनुसार सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपीसी सिमेन्ट र ६०० रुपैयाँमा पीसीसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ। त्यो स्वागतयोग्य छ।’

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूचि छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad