बुद्ध एयरले आज (शुक्रबार) १९ औं एटीआर जहाज भित्र्याएको छ। नयाँ आएको जहाज एटीआर–७२ हो।
यससँगै एटीआर–७२ जहाजको संख्या १६ पुगेको छ। नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्याई डिसेम्बर महिनाको अन्त्यबाट उडान सेवामा ल्याइने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
बुद्धएयरले कल साईन ९एन–एओजी जहाज फ्रान्सको एटीआर कम्पनी, तुलुसबाट भित्र्याएको छ।
बुद्ध एयरसँग ३ वटा एटीआर–४२–३२० र १६ वटा एटिआर–७२–५०० जहाजहरु रहेका छन्। बुद्ध एयरले केही समय अगाडि मात्रै एउटा एटीआर–४२–३२० जहाजलाई उडानबाट बिदाई गरेको थियो। सो जहाज डिरजिष्ट्रेसन प्रक्रियामा रहेको छ।
हवाई उडानलाई सहज र सरल बनाउने प्रतिवद्धता अनुरुप बुद्ध एयर आफ्नो बेडामा नयाँ जहाज थप गरेको जनाएको छ।
बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले भने, ‘सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भए अनुरुप यात्रुहरू आफ्नो समय अनुकल उडान भर्न सक्ने छन्। हामी उडान तालिकालाई बढिसे बढि प्रभावकारिकाताका साथ सञ्चालन गर्न प्रतिवद्ध रहेका छौं।’
थपिएको जहाजले नियमित मर्मत सम्भारमा पनि सहयोगी हुने कम्पनीले जनाएको छ।
बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १४० भन्दा बढि उडान भरिरहेको छ। अन्तरराष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी साताको ३ दिन उडान भरिरहेको छ। यसैगरि पोखराबाट चितवन, भैरहवा तथा नेपालगञ्जको उडान पनि भरिरहेको छ।
Shares

प्रतिक्रिया