कारोबार


१५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न निगम व्यवस्थापनलाई मन्त्री पाण्डेको निर्देशन

१५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न निगम व्यवस्थापनलाई मन्त्री पाण्डेको निर्देशन

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार २१:२, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्य योजना पेस गर्न नेपाल वायु सेवा निगमको व्यवस्थापनलाई निर्देशन दिएका छन्।

नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिएका हुन्।

सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि उनको भनाइ थियो। निगमको आम्दानीको मेरुदण्डको रुपमा रहेको ग्राउन्ड ह्यन्डलिङ निगमबाट नखोसिनेमा विश्वास दिलाउँदै उनले हवाई सेवाबाट नाफा कमाउनेतर्फ लाग्न पनि सुझाव दिए। निगमलाई घाटा लगाउने चिनियाँ जहाजको व्यवस्थापनमा पनि मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad