ad ad

कारोबार


काठमाडौंको टोखामा सिभिल बैंकको शाखा

काठमाडौंको टोखामा सिभिल बैंकको शाखा

नेपालखबर
चैत ३, २०७६ सोमबार ७:४५,

सिभिल बैंकले काठमाडौंको टोखामा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक लिमिटेडको टोखा शाखाको उद्घाटन गरेका हुन्।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरियो। सो डस्टबिन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाइ गरिएको थियो ।

उक्त अवसरमा सिभिल बैंकका वाग्मती प्रदेशका प्रमुख भोला बहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैंकिङ सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्न साना तथा मझौला व्यापार व्यवसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए।

टोखा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच वृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पुर्‍याउने बताए।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापनासँगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष इ. इच्छाराज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए।

उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्ग, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, काठमाण्डौ उपत्यका बिकास प्रधिकरणका आयुक्त डा. भाइकाजी तिवारी, सिभिल बैंकका संचालक समितिका सदस्यहरु अम्बीर बोगटी, भिमानन्द ढुंगाना, टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, टोखा नगरपालिकाका उप–प्रमुख ज्ञान माया डंगोल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, प्रहरी नायब निरीक्षक सोभित अर्याल, महानगरीय ट्राफिक प्रहरी प्रभाग, टोखाका प्रहरी सहायक निरीक्षक योगेन्द्र सिंह खड्का, टोखा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी, टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .