ad ad

कारोबार


महानगरीय प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

महानगरीय प्रहरीलाई महालक्ष्मी विकास बैंकको सहयोग

नेपालखबर
चैत ३, २०७६ सोमबार ६:३,

महालक्ष्मी विकास बैंक लिमिटेडले आइतबार महानगरीय प्रहरी अपराध महाशाखा टेकुमा पी४एलईडी सूचना बोर्ड जडान गरिदिएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो।

उक्त उपकरण एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक सहकुल ब. थापालाई हस्तान्तरण गरेका हुन्।

महाशाखा आवतजावत गर्ने सर्वसाधारणहरुलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरणमा मद्दत गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गरेको जनाएको छ।

देशका १ सय २ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनहरुमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रणसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .