ad ad

कारोबार


डिशहोमले ल्यायो फरक रियालिटी शो ‘सुनौलो तारा’

डिशहोमले ल्यायो फरक रियालिटी शो ‘सुनौलो तारा’

नेपालखबर
चैत ३, २०७६ सोमबार ५:५७,

डिशहोमले न्यून आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्न भन्दै फरक टेलिभिजन कार्यक्रमको निर्माण तथा प्रसारण सुरु गरेको छ।

नेपालभरका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा चार सयभन्दा बढी बालबालिकाहरुको अडिसनपछि डिशहोमले सुनौलो तारा कार्यक्रम सुरु गरेको हो। अडिसनमा ४० जना छानिएका थिए।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबारदेखि प्रसारण सुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार राति ८ः३० बजे प्रसारण हुने कम्पनीले जनाएको छ। रियालिटी टिभी डिशहोमको सम्पूर्ण प्याकेजका ग्राहकहरुको लागि उपलब्ध गराइएको छ। 

सुशीला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सहप्रायोजन गरेको हो।

कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ। अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .