कारोबार


वर्ल्डलिंकले गर्‍यो नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र नवीकरण

सर्वोच्चको निर्णयलाई सम्मान गर्दै कानुनी दायित्व पूरा गर्‍यौँ : सीईओ नेपाल
वर्ल्डलिंकले गर्‍यो नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र नवीकरण

नेपालखबर
मंसिर १९, २०८१ बुधबार १७:२६, काठमाडौँ

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र नवीकरण गरेको छ। 

सर्वोच्च अदालतले दिएको आदेशअनुसार आफूहरुले कानुनी दायित्व पूरा गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए। 

उनका अनुसार विगत २९ वर्षदेखि सेवा दिँदै आएको कम्पनीले यही मंसिर १३ गते आफ्नो २५ वर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसन्सहरु नवीकरण गरेको हो। 

यी लाइसेन्सहरु प्राप्त भएसँगै यो कम्पनीको विश्वसनीयता र क्षमता थप बलियो भएको नेपालले बताए।

‘यस वर्ल्डलिंक कम्युनिकेसन्स लि विगतदेखि मर्मतसम्भार शुल्कसम्बन्धी मुद्दामा संवैधानिक हकको उपयोग गर्दै कानुनी प्रक्रियामा संलग्न रहेको र आगामी दिनहरुमा पनि आफ्नो संवैधानिक हकको पूर्ण रुपमा प्रयोग गर्न सक्ने कुरा यहाँहरूलाई सर्वविदित नै छ। उपर्युक्त मुद्दामा सम्मानित सर्वोच्च अदालतको निर्णय आएसँगै यो मुद्दाको एउटा मात्र कडी समाप्त भएको छ र सम्मानित अदालतको निर्णयलाई सम्मान गर्दै यस संस्थाले आफ्नो कानुनी दायित्व पूरा गरिसकेको छ’, उनले भने। 

कम्पनीले लामो कानुनी प्रक्रियामा भरोसा दिलाउने र भरोसा गर्ने ग्राहकप्रति आभार समेत व्यक्त गरेको छ। 

‘यस प्रक्रियामा प्रत्यक्ष र अप्रत्यक्ष सघाउनुहुने, चासो राख्ने र सहयोग गर्ने सम्पूर्ण जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। साथ साथै नेपालको कानुन प्रणाली, सम्मानित अदालत, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल सरकारसँग सम्बद्ध संस्थाहरू, सम्पूर्ण कानुन व्यवसायीहरू, एउटै क्षेत्रमा संलग्न निजी इन्टरनेट सेवा प्रदायकहरू तथा हितैषी र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दछौँ’, कम्पनीले भनेको छ। 

संस्थाले तिर्नुपर्ने भनी तोकिएको रकमका लागि तुरुन्तै ऋण उपलब्ध गराइदिएको भन्दै कम्पनीले बैंकहरुलाई धन्यवाद दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad