कारोबार


महालक्ष्मी विकास बैंकले अपांगता भएका ग्राहकका लागि दरबारमार्ग शाखामा फोकल पर्सन खटायो

महालक्ष्मी विकास बैंकले अपांगता भएका ग्राहकका लागि दरबारमार्ग शाखामा फोकल पर्सन खटायो

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार २१:२१, काठमाडौँ

महालक्ष्मी विकास बैंकले अपांगता भएका व्यक्तिहरूलाई सहज सेवा प्रदान गर्नका लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाएको छ।

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गरेको हो।

३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम गरेको जनाएको छ।

साथै संयुक्त राष्ट्र संघ तथा नेपाल सरकारले तय गरेको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको  प्रबल नेतृत्व यसको आधार’ लाई आत्मसात गरेको बैंकको भनाई छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्गता संरक्षण नेपाल सँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहीनहरूलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरेको छ।

यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवन यापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad