कारोबार


सीजी मोटर्स र टीटी ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

सीजी मोटर्स र टीटी ग्लोबल प्रालिद्वारा पृथ्वी राजमार्ग बस सञ्चालकलाई फास्ट चार्जर हस्तान्तरण

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १९:४५, काठमाडौँ

सीजी मोटर्स प्रालिले पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीलाई फास्ट चार्जर हस्तान्तरण गरेको छ।

सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले मंगलबार आयोजित एक कार्यक्रमबीच पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीलाई चार्जर हस्तान्तरण गरेका हुन्।

पोखराका लागि डिलर टीटी ग्लोबल प्रालिको कार्यालय परिसर पोखरामा चार्जिङ स्टेसन स्थापना गरिने बताइएको छ। चार्जिङ स्टेसन विस्तार पछि विद्युतीय गाडी चार्ज गर्नका लागि यातायात व्यवसायीहरू लाभान्वित हुने विश्वास गरिएको छ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष केसीले विद्युतीय गाडीमा आकर्षण बढिरहेकाले चार्जिङ स्टेसनको पूर्वाधार विकास हुनुपर्ने बताए। आगामी दिनमा सीजी मोटर्ससँग सहकार्य गर्दै अगाडि बढ्न आफूहरू तयार रहेको उनको भनाई थियो।

सीजी मोटर्सले देशभर दुई सय भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन स्थापना गरिसकेको छ। अबको एक वर्षभित्र थप दुई सय स्थानमा बिस्तार गरिने प्रालिका प्रमुख कार्यकारी अधिकृत अग्रवालले जानकारी दिए।

टीटी ग्लोबलले पोखराका लागि केवाइसी, किङलङ, नेटा, रिडारा र अभतारको बिक्रीवितरण गर्दै आइरहेको छ। टीटी ग्लोबलका निर्देशक प्रमेश पराजुलीले चार्जिङ स्टेसन तथा अन्य पूर्वाधार विकासमा सिजी मोटर्स र टीटी ग्लोबल प्रतिबद्ध रहेको बताए। बिक्री पछिको सेवा प्राथमिकतामा रहेको उनले बताए।

नेपालमा इलेक्ट्रिक गाडीहरूको माग बढ्दै जानका साथ, सीजी मोटर्स इवी इन्फ्रास्ट्रक्चरको लागि विश्वसनीय सेवा र मर्मत सेवा सुनिश्चित गरिरहेको छ।

केहि दिन अघि बागडोलमा नयाँ सर्विस स्टेसन उद्घाटन गर्दै नेपालभरि २१ सर्विस स्टेसनहरू तथा स्पेर पार्ट्स बिक्रिको सञ्जालगरि सम्पूर्ण ग्राहकहरुलाई निरन्तर सेवा दिन तत्पर रहेको कम्पनीको भनाई छ।

कम्पनीले नेपालभरी २०० भन्दा बढी चार्जिङ स्टेसनहरू स्थापना गरिसकेको छ र यसको सञ्जाललाई अझै विस्तार गर्दै जनो बताएको छ।

सीजी मोटर्स प्रालि, नेपालमा केवाईसी , किङ्गलोङ्ग, निटा, दायुन, रिडारा, एक्ष्पेङ्ग, जीएसी, स्मार्ट र अवतार आधिकारिक वितरक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad