नेपालबाट भैंसीको तयारी मासु चीन निर्यात गर्ने प्रोटोकल (कार्यविधि) मा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमामा भैसीको तयारी मासु निर्यात सम्बन्धी प्रोटोकलमा सम्झौता भएको हो।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जाँदा नेपालबाट भैसीको मासु चीनमा निर्यात गर्ने सम्झौता भएको थियो। त्यसलाई निरन्तरता दिदै प्रोटोकलमा हस्ताक्षर भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव डा. सूर्य प्रसाद पौडेलले जिवित वस्तुबाट निस्केका वस्तु २ देशबीचको व्यापारमा केही मापदण्डमा काम गर्ने बताए।
‘हामी अहिले नै भैँसीको मासु निर्यात गर्न सक्ने अवस्थामा छैनौँ’, सहसचिव पौडेलले भने, ‘तर कागजी प्रक्रिया धेरै नै अघि बढेको छ। उनीहरुले मासु प्रशोधनको प्रक्रिया मूल्यांकन गरिरहेका छन्।’
चिनियाँहरुले प्रक्रियाका बारेमा सोधिएका प्रश्न जवाफ मन्त्रायले पठाइसकेको छ। भैँसीको मासु निर्यात गर्न केही समय लाग्ने मन्त्रालयले जनाएको छ।
Shares

प्रतिक्रिया