कारोबार


प्रधानमन्त्रीको चीन भ्रमणमा जुट्यो टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने समझदारी

प्रधानमन्त्रीको चीन भ्रमणमा जुट्यो टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने समझदारी

नेपालखबर
मंसिर १८, २०८१ मंगलबार १२:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने सहमति भएको छ। 

नेपाल र चिनियाँ पक्षबीच उक्त समझदारी पत्र आदानप्रदान भएको हो।

मंगलबार चिनियाँ समकक्षीसँगको छलफलपछि समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका छन्।

२०७६ मा चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले सुरुङमार्ग बनाउन सकिने उल्लेख गरेको थियो।

यद्यपि यसको काम अघि बढ्न सकेको छैन। सरकारले गत आर्थिक वर्ष काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग अघि बढाउने घोषणा गरे पनि प्रगति हुन नसकिरहँदा अहिले भएको समझदारीले निर्माण अघि बढ्ने आशा गरिएको छ।

गत आर्थिक वर्ष सरकारले १ अर्ब रुपैयाँ बजेट विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन गर्न बजेट छुट्याए पनि काम अघि बढ्न सकेको थिएन।

प्रारम्भिक अध्ययनबाट ४ किमि लामो सुरुङ मार्ग बनाउन सकिने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad