जल तथा ऊर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे पदस्थापन भएका छन्।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्राविधिकतर्फको सचिवमा बढुवा भएका घिमिरेलाई आयोगमा जिम्मेवारी दिएको हो।
आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली थियो।
आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हालेका छन्।
नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक थिए।
39
Shares

प्रतिक्रिया