कारोबार


डिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’

डिपलले ल्याउने भयो ‘सोनु निगम लाइभ इन नेपाल’

नेपालखबर
मंसिर १७, २०८१ सोमबार २०:४५, काठमाडौँ

प्रिमियम र इन्टेलिजेन्ट ईभी ब्रान्ड डिपलले चर्चित बलिउड गायक सोनु निगमको निकै प्रतिक्षित कन्सर्टमा मुख्य प्रायोजकका रुपमा हिस्सा लिने भएको छ।

कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै डिपलले आउँदो २५ डिसेम्बर (पुस १० गते) हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो।

नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो कन्सर्टमा डिपलको सहभागितालाई औपचारिकता दिन आज एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध कार्यकारी निर्देशक विवेक सिकारिया र आयोजक नेपाली टच इभेन्ट्सका प्रबन्ध निर्देशक राज गोस्वामीले एमओयुमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा डिपलका प्रमोटर सन्दिप क्षेत्र पनि थिए।

कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक विवेक सिकारियाले सोनु निगम लाइभ इन नेपालको मुख्य प्रायोजका रुपमा डिपललाई उभ्याउन पाउँदा हर्षित भएको बताए। उनले प्रिमियम र अविश्मरणीय अनुभव दिलाउने डिपलको उद्देश्यमा रहेर नेपाली स्रोतामाझ लेगेन्डरी गायक सोनु निगमलाई ल्याउन लागेको बताए।

त्यसैगरी नेपाली टच इभेन्ट्सका राज गोस्वानीले डिपलसँगको यो पार्टनरशिप प्रिमियम ब्रान्ड र विश्वस्तरीय मनोरञ्जनबीचको समन्वयको प्रमाण रहेको बताए।

बलिउडको सबैभन्दा बढी सुनिएका चर्चित गायक सोनु निगमले नेपाली फ्यानलाई आफ्ना कालजयी गीतसंगीतबाट भरपुर मजा दिने अपेक्षा डिपलले गरेको छ। यो कन्सर्टको टिकट एक्स्क्लुसिभली इसेवामा उपलब्ध हुनेछ।

नेपालमा सार्वजनिक भएको केही समयमै आफ्नो फ्युचरिस्टिक डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय फिचरका कारण इभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको डिपल हालसम्म ६५० भन्दा डिपल बिक्री भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad