स्थानीय तह उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा नेपाली कांग्रेसले नोक्सान व्यहोरेको छ।
उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेर रिक्त भएका २६ तह थिए। जसमा २ जिसस प्रमुख, १ नगरपालिका प्रमुख, २ अध्यक्ष, ३ उपाध्यक्ष सहित १८ वडाध्यक्ष थिए।
ओखलढुङ्गा र कैलाली जिसस प्रमुख निर्विरोध जितेको कांग्रेसले दैलेखको दुल्लु गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष भने गुमाएको छ।
यसैगरी, वडातर्फ त्रियुगा नगरपालिका वडा नम्बर १२, धनुषाको धनुषाधाम नगरपालिका १, नुवाकोटको ककनी गाउँपालिका २ पनि कांग्रेसले गुमाएको छ।
उपचुनाव भएकामध्ये माओवादीले जितेर रिक्त भएका ८ स्थानीय तह थिए।
यसैगरी, गौरीशंकर गाउँपालिकामा मतगणना जारी छ। त्यहाँ पनि माओवादीको अग्रता छ।
नेकपा एमालेले उपचुनावमा एउटा पालिका प्रमुख जित्न सफल भएको छ। उसले जितेकामध्ये ७ वडा वडा रिक्त थिए। जसमध्ये ५ वटा वडा जितिसकेको छ। तर, २ वटा वडा गुमाएको छ।
कांग्रेसले जित्यो यी वडा
निर्वाचन आयोगका अनुसार कांग्रेस तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा नगेन्द्र लिम्बू निर्वाचित भएका छन्।
रौतहटको ईशनाथ नगरपालिका ७ मा शेख अब्दुल खलिक र रौतहटकै राजपुर नगरपालिका ६ मा समसे आलम निवार्चित भएका छन्।
यस्तै, सुनसरीको गढी गाउँपालिका ६ मा तेतर साहु, कीर्तिपुर नगरपालिका १ इच्छाकुमार महर्जन, कीर्तिपुर नगरपालिका ४ मा राजेन्द्र बानियाँ, मकवानपुरको हेटौंडा १२ मा अर्जुनप्रसाद तिवारी, गुल्मीको मुसिकोट १ आनन्द श्रेष्ठ, रोल्पाको रुन्टीगढी गाउँपालिका४ मा भूपमणि पुन मगर, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा अमिन थारु, जाजरकोटको कुशे गाउँपालिका ७ मा खम्बबहादुर सिंह, रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ मा मोतिराम खत्री, बझाङको सूर्मा गाउँपालिका ४ मा धिरेन्द्र पुजारा, डोटीको पुर्वीचौकी गाउँपालिका ६ मा मोहन थापा, दार्चुलाको दुहु गाउँपालिका ५ मा धनसिंह कुँवर,कञ्चनपुरको भीमदत्त नगरपालिका ६ मा प्रकाश चन्द निर्वाचित भएका छन्।
एमालेले पाँच वडा जितेको छ। उसले जितेका ७ वडामध्ये २ वटा गुमाएको छ। यद्यपि, दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही निर्वाचित भए। यस्तै, बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी निर्वाचित भइन्।
एमालेले जितेका वडा
ताप्लेजुङको सिरिजंघा ३ मा कुमारी सावादेन, महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा साकिबुल खाँ, कपिलवस्तुको शुद्धोधन गाउँपालिका १ मा मोहम्द ताहिर मुसलमान, दैलेखको दुल्लु नगरपालिका १३ मा लालबहादुर शाही, ओखलढुङगाको मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ विजयी भए।
माओवादी केन्द्रले मोरङको ग्रामथान अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख जितेको माओवादीले ६ वटा वडा जितेको छ।
रोचक त, यसअघि जितेकामध्ये रुकुम पूर्व पुथाउत्तरगंगा १ बाहेक सबै वडा गुमाएको माओवादीले उपचुनावमा ६ वटै नयाँ जितेको छ।
यी हुन् माओवादीले जितेका वडा
उदयुपुरको त्रियुगा नगरपालिका १२ मा नवीनकुमार बान्तवा राई, धनुषाधाम नगरपालिका १ मा सुनिल कापर केवट, नुवाकोटको ककनी गाउँपालिका २ मा कृष्ण घिमिरे, गोरखा नगरपालिका ५ मा विष्णुबहादुर मगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ मा नरबहादुर झाँक्री विजयी भएका छन्।
जसपा नेपाल
जनता समाजवादी नेपालले २ वटा वडा जितेको छ।
सप्तरीको डाक्नेश्वरी १ मा धीरेन्द्रकुमार साह र डाक्नेश्वरी ४ मै देवेन्द्रप्रसाद यादव निर्वाचित भएका हुन्।
जसपा नेपालले एउटा वडा थप जितेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी
रास्वपाले काठमाडौंको चर्चित वडा जितेको छ। काठमाडौं १६ मा रोजिना श्रेष्ठ निर्वाचित भइन्।
एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले रौतहटको गढीमाई नगरपालिका ८ मा बजरंगीप्रसाद यादव निर्वाचित भएका छन्।
नेमकिपा
नेपाल मजदुर किसान पार्टीले कालिकोटको तिलागुफा नगरपालिका ४ मा खड्गराज शाही विजयी भए।
स्वतन्त्र
झापाको कन्काई नगरपालिका ६ मा लक्ष्मीप्रसाद ओली विजयी भए।
Shares

प्रतिक्रिया