कारोबार


इन्धनको मूल्य बढ्यो

इन्धनको मूल्य बढ्यो

नेपालखबर
मंसिर १५, २०८१ शनिबार २०:२२, काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १ रूपैयाँ बढाएको छ। समायोजनपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ।

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर १५ का दरले बढाइएको निगमले जनाएको ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वइन्टमा बिक्री मूल्य कायम गरिएको निगमको भनाइ छ। साथै, आम उपभोक्ताको हितलाई मध्यनजर गरी खाना पकाउने ‍एलपी ग्यासको मूल्य बढेर आए तापनि हाललाई यथावत् राखिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad