संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपालको जनकपुर र भारतको अयोध्यालाई हवाइ सेवाको माध्यमबाट जोड्नुपर्ने बताएका छन्।
बुधबार त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागले आयोजना गरेको विश्वफलक पर राम अन्तर्विषयी अन्तर्राष्ट्रिय संगोष्ठीमा बोल्दै मन्त्री पाण्डेले धार्मिकरुपले जोडिएको सम्बन्धलाई हवाइ सेवाका माध्यमबाट समेत अघि बढाउनुपर्ने बताएका हुन्।
यसका लागि मन्त्रालयले समेत तयारी गरिरहेको मन्त्री पाण्डेले बताए।
अहिलेको अवस्थामा रामको मार्गदर्शन झनै व्यापक बन्दै गएको बताउँदै विश्वभरि फैलिएका नेपाली र भारतीय नागरिकले रामतत्वको पुनः जागरणमा योगदान गर्नुपर्ने उनको भनाइ छ।
दुई दिनसम्म चल्ने संगोष्ठीमा भगवान् रामका विविध पक्षमा चर्चा गरिनेछ। संगोष्ठीमा सामेल हुन आएका विभिन्न देश प्रतिनिधिलाई मन्त्री पाण्डेले नेपालको विविधता पूर्ण संस्कृतिलाई विश्वमा पुर्याउनु सहयोग गर्न समेत आग्रह गरे।
Shares

प्रतिक्रिया