कारोबार


चिनियाँ फाउन्डेसनको सहयोगमा नुवाकोटमा खुल्यो चिया कारखाना

चिनियाँ फाउन्डेसनको सहयोगमा नुवाकोटमा खुल्यो चिया कारखाना

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १७:११, काठमाडौँ

भाइब्रेन्ट भिलेज कार्यक्रमअन्तर्गत चीनको माउन्टेन टि चाइनिज फ्याक्ट्रीको सहयोगमा नुवाकोटको किम्ताङ गाउँमा खोलिएको चिया कारखाना सञ्चालनमा आएको छ। 

ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)सँगको सहकार्यमा टि भ्यालु चेन इन्हान्समेन्ट प्रोजेक्ट (चियाको महत्त्व अभिवृद्धि परियोजना)अनुसार कारखाना सञ्चालनमा ल्याइएको हो। 

कारखानामा अत्याधुनिक मेसिनसँगै चिया किसानलाई प्राविधिक तालिम समेत दिइएको छ। 

म्यागङ गाउँपालिका ४ का वडाध्यक्ष कमल बहादुर तामाङ, सीएफआरडीको नेपाल कार्यालयकी निर्देशक झाउ झिकियाङ, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्वकार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईलगायतको आतिथ्यतामा कारखानाको उद्घाटन गरिएको हो। 

कारखानाले नेपालको चिया प्रशोधन क्षमता बढाई स्थानीय र विश्वव्यापी रुपमै चिया उत्पादन बढाउने आशा गरिएको छ। परियोजनाअन्तर्गत नुवाकोट र ललितपुरमा अत्याधुनिक मेसिनरी उपलब्ध गराइएको छ। चिया किसानलाई चियाको गुणस्तरबारे तालिम प्रदान गरिएको छ। योसँगै किसानले चिया खेतीदेखि उत्पादन र प्रशोधनबारे ज्ञान लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad