कला


प्रेमसम्बन्धको चर्चाबीच लन्च डेटमा एकसाथ देखिए रश्मिका र विजय

प्रेमसम्बन्धको चर्चाबीच लन्च डेटमा एकसाथ देखिए रश्मिका र विजय

नेपालखबर
मंसिर ९, २०८१ आइतबार १७:११, काठमाडौँ

भारतीय अभिनेत्री रश्मिका मन्दना र अभिनेता विजय देवरकोंडाबीचको प्रेमसम्बन्ध लामो समयदेखि चर्चामा छ। यसैबीच, रश्मिका र विजय लन्च डेटमा सँगै देखिएका छन्। दुवैको एकसाथको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

पहिलो तस्विरमा विजय टेबलमा बसेर खाना खाइरहेका छन्। रश्मिका उनको अगाडि र पछाडि क्यामेरातिर बसेको देखिन्छ। दोस्रो तस्बिरमा रश्मिका खानाको मजा लिइरहेको देखिएकी छिन्। दुवैले निलो कलरको म्याचिङ ड्रेस लगाएका छन्।

लामो समयदेखि विजय र रश्मिका रिलेशनशिपमा छन्। हालै, विजयले कर्ली टेल्सलाई दिएको अन्तर्वार्तामा आफ्नो व्यक्तिगत जीवनको बारेमा कुरा गरे। मलाई थाहा छ माया गर्नुको अर्थ के हो। यसअघि पनि को–स्टारसँग डेट गरिसकेको छु। म ३५ वर्षको भएँ, के म अविवाहित रहन्छु जस्तो लाग्छ? हामी सबैले एकदिन विवाह गर्नुपर्छ।’

रश्मिका र विजयले पहिलो पटक सन् २०१८ मा फिल्म ‘गीता गोविन्दम’ मा काम गरेका थिए। यसपछि २०१९ को ‘डियर कम्रेड’ मा पनि उनीहरुको अनस्क्रिन जोडीलाई निकै रुचाइएको थियो। यी फिल्मको सुटिङकै क्रममा उनीहरूको डेटिङको खबर फैलिन थालेको हो। तर, उनले यो कुरा अस्वीकार गरे।

विजयसँगको सम्बन्धबारे रश्मिकाले एक अन्तर्वार्तामा भनिन्, ‘रक्षितसँगको ब्रेकअपपछि जब म अप्ठ्यारोमा थिएँ, विजयले मलाई त्यसलाई हटाउन मद्दत गरेका थिए। त्यो समयमा उनले मेरो ख्याल राखे र मेरो भावना बुझे।’

सन् २०२४ को सुरुमा विजय र रश्मिका इन्गेजमेन्टको तयारीमा छन् भन्ने खबर आएको थियो। तर, अहिलेसम्म यसको पुष्टि भएको छैन।

रश्मिकाले आफ्नो पहिलो फिल्म किरिक पार्टीमा काम गरिरहेकी थिइन्, उनले फिल्मका को कलाकार रक्षित शेट्टीसँग डेट गर्न थालेकी थिइन्। एक वर्ष डेटिङ गरेपछि उनीहरुले २०१७ मा इन्गेजमेन्ट गरे। बिहेअघि नै सन् २०१८ मा उनीहरूको इन्गेजमेन्ट टुटेको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad