कारोबार


धितोपत्र बोर्ड अध्यक्ष चयन गर्न अर्थ मन्त्रालयमा अन्तर्वार्ता

धितोपत्र बोर्ड अध्यक्ष चयन गर्न अर्थ मन्त्रालयमा अन्तर्वार्ता

धितोपत्र बोर्ड अध्यक्षका तीन उम्मेदवार


नेपालखबर
मंसिर ९, २०८१ आइतबार ८:४२, काठमाडौँ

धितोपत्र बोर्ड अध्यक्षका लागि अर्थ मन्त्रालयमा अन्तर्वार्ता सुरु भएको छ। 

अन्तर्वार्तामा अध्यक्षका उम्मेदवारत्रय डा. नवराज अधिकारी र कृष्णबहादुर कार्की सहभागी छन्। चिरञ्जीवी चापागाईँ भने उपस्थित छैनन्। 

अन्तर्वार्ता बिहान ८ बजे सुरु भएको हो।

मन्त्रालयअन्तर्गत गठित ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समिति’ले चौथोपटक बिहीबार सूचना प्रकाशन गरी उनीहरूलाई अन्तर्वार्तामा बोलाएको थियो।

उनीहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाइएको हो। 

२०८० पुस २० यता धितोपत्र बोर्ड अध्यक्षविहीन छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad