कारोबार


पास हुनै नसकेपछि राष्ट्रिय जीवन बीमाले फेरि खोल्यो सीईओको लागि आवेदन

पास हुनै नसकेपछि राष्ट्रिय जीवन बीमाले फेरि खोल्यो सीईओको लागि आवेदन

नेपालखबर
मंसिर ६, २०८१ बिहिबार १३:३७, काठमाडौँ

राष्ट्रिय जीवन बीमा कम्पनीका लागि प्रमुख कार्यकारी अधिकृतको लागि दोस्रो पटक पनि आवेदन माग गरिएको छ।

कम्पनीले असोज २६ गते पहिलो पटक आवेदन माग गरेको थियो। त्यसबेला आवेदन दिएका आवेदक कुनै पनि पास नभएपछि कम्पनीले दोस्रो पटक आवेदन खुलाएको हो। 

छनौट समितिले आवेदकहरुको शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मुल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने प्रावधान थियो।

६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने आवेदकलाई छनौट समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सिफारिस गर्ने प्रावधान थियो। तर आवेदकले ६० प्रतिशतले हुन आउने अंक नपाएपछि सीईओ नियुक्ति भएको थिएन।

कम्पनीले मंसिर ६ गते पुन: आवेदन माग गरेको छ। सीईओको लागि इच्छुक आवेदकले बीमा, मौद्रिक, बैंकिङ,वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थाप, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ।

यस्तै व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए पाँच वर्ष, बैंक वा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुवैमा भए कम्तीमा एक वर्षको वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad