दैलेखमा बिरामीले धामीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुल्लु नगरपालिका-१३ का ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह विकले हँसियाले हानेर मारेका हुन्।
बुधबार साँझ भुवनले कर्णबहादुरको घरमै पुगेर हँसिया हानेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए।
आरोपित भुवनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए।
प्रहरीका अनुसार भुवनले आफूलाई टुनामुना गरेर बिरामी पारेको आरोप लगाउँदै कर्णबहादुरलाई हसिँयाले हानेका हुन्।
प्रहरीका अनुसार मृतक कर्णबहादुर धामी काम गर्थे।
378
Shares

प्रतिक्रिया