नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०/८१ मा करिब ७४ अर्ब नाफा कमाएको छ।
यो अघिल्लो वर्षको तुलनामा २१.९६ प्रतिशत बढी नाफा हो।
बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आव २०८०/८१ मा बैंकको खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार पुगेको छ।
बैंकले कमाएको खुद नाफाबाट ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ भने नेपाल सरकारलाई बुझाउने भएको छ।
बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुकमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी रहेको ३७ अर्ब रकम नेपाल सरकारलाई बुझाउने निणर्य गरेको हो।
यस्तै बैंकको सम्पत्ति तथा दायित्व पनि ३०.१५ प्रतिशतले बढेको छ। २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तसम्म ३०.१५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ पुगेको हो।
Shares

प्रतिक्रिया