कारोबार


साताको पहिलो दिन उत्साहजनक सेयर किनबेच, ११ अर्ब बढीको कारोबार

साताको पहिलो दिन उत्साहजनक सेयर किनबेच, ११ अर्ब बढीको कारोबार

फाइल तस्बिर (एआई)


नेपालखबर
मंसिर २, २०८१ आइतबार १५:१४, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारमा उत्साहजनक खरिदबिक्री भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ४.९८ अंकले बढेको बजारमा ११ अर्ब ७२ करोड ६७ लख ५६ हजारको सेयर किनबेच भएको हो। 

नेप्से उक्त अंकले बढेर २७५३.७६ विन्दुमा पुगेको दिन १४५ कम्पनीको सेयर बढ्दा ९२ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज उन्नति सहकार्य लघुवित्त र स्वाभिमान लघुवित्तका सेयरधनीले १० प्रतिशत कमाएका छन्। यसबाहेक अपर हेवाखोलाका लगानीकर्ताले ९.९९ प्रतिशत, मान्डु हाइड्रोपावरका लगानीकर्ताले ९.७१ प्रतिशत र वाराही हाइड्रोपावरका लगानीकर्ताले ९.२९ प्रतिशत प्रतिसेयर आम्दानी गरेको नेप्सेले जनाएको छ। 

तर समृद्धि फाइनान्स र गुराँस लघुवित्तका सेयरधनीले भने आज १० प्रतिशत गुमाउनुपरेको छ। यीबाहेक मकर जितुमाया सुरी हाइड्रोपावरको ८ प्रतिशत, बेस्ट फाइनान्स कम्पनीको ५.०५ प्रतिशतले सेयर मूल्य घटेको छ। 

कारोबारमा भने आज ङादी ग्रुप पावरको ४५ करोड, समृद्धि फाइनान्सको ४१ करोड, जानकी फाइनान्सको ३५ करोड, सिंगटी हाइड्रोपावरको ३४ करोड र नेपाल फाइनान्सको २३ करोडको सेयर कारोबार भएको छ। 

आज विकास बैंक, होटल र पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, सामूहिक लगानी, अन्य र व्यापार सूचकले नेप्सेलाई घट्न दिएनन्। बाँकी उपसूचक भने आज राताम्य रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad