लाइफ इन्स्योरेन्स कर्पोरसन लिमिटेडले यही मंसिर १२ गते हकप्रद सेयर निष्कासन सुरु गर्ने भएको छ।
कम्पनीले १ कित्ता साधारण सेयर बराबर ०.८८४५ कित्ता सेयरको अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने जनाएको छ।
कम्पनीले १ सय अंकित मूल्यमै सेयरधनीका लागि हकप्रद सेयर मंसिर १२ गतेदेखि पुस २ गतेसम्म निष्कासन गर्ने जानकारी दिएको छ।
इच्छुक सेयरधनीले सेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेड र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन पर्नेछ।
36
Shares

प्रतिक्रिया