कारोबार


बक्यौता रहेका उद्योगहरूलाई विद्युत् प्राधिकरणको सूचनाः मंसिर १२ भित्र महसुल बुझाउनू, नत्र कारबाही

बक्यौता रहेका उद्योगहरूलाई विद्युत् प्राधिकरणको सूचनाः मंसिर १२ भित्र महसुल बुझाउनू, नत्र कारबाही

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ


नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार ८:४२, काठमाडौँ

डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरूलाई मंसिर १२ भित्र बक्यौता महसुल बुझाउन नेपाल विद्युत् प्राधिकरणले सूचना गरेको छ। अन्यथा नियमअनुसार कारबाही गरिने चेतावनी पनि प्राधिकरणले दिएको छ। 

बिहीबार जरुरी सूचना जारी गरी मन्त्रिपरिषद् र विद्युत् प्राधिकरण सञ्चालक समितिका बैठकले बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय गरेको जानकारी गराउँदै सोबमोजिम बाँकी रकम तिर्न प्राधिकरणले उद्योगहरूलाई ताकेता गरेको हो। 

सूचनामा भनिएको छ- बिलअनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०८१ मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनु हुन अनुरोध गरिन्छ। तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने बेहोरासमेत जानकारी गराइन्छ।

हेर्नुहोस् सूचना-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad