कारोबार


कुलमानको आरोप- विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो

कुलमानको आरोप- विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो

नेपालखबर
कात्तिक २८, २०८१ बुधबार १४:५४, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई विवादित र राजनीतीकरण गर्ने काम भएको आरोप लगाएका छन्। 

बुधबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले उद्योगीहरूले ऐन कानुनअनुसार तिनुपर्ने रकम तिर्नैपर्ने दाबी गरे। 

‘बक्यौतालाई झन् विवादित बनाउने र राजनीतीकरण गर्ने काम भएको छ। जुन बेला लाइन काटिन्छ त्यसअघि जति पनि प्रडक्ट उत्पादन गरेको हुन्छ, पूर्ण क्षमतामा चलेको हुँदैन,’ घिसिङले अघि भने, ‘जहिलेसम्म त्यो बिक्री हुँदैन उहाँहरु लाइन जोड्न यहाँ आउनुहुन्न। अनि बेरोजगारी बढायो, आर्थिक अवस्था तहसनहस भयो भनेर इमोसनल ब्ल्याकमेलिंग गर्नुहुन्छ। यो राम्रो कुरा होइन।’

उनले अघि थपे, ‘यो सरकारले उद्योगीलाई हेर्नुपर्छ तर तिर्नुपर्ने चिज उहाँहरूले पनि तिर्नुपर्छ। ऐन कानुनअनुसार तिर्नुपर्ने रकम उहाँहरूले तिर्नुपर्छ।’

बक्यौता असुलीमा ठूलो राजस्व उठाएर नाफा कमाउने जस्ता आरोप पनि लगाएको भन्दै उनले अघि भने, ‘उहाँहरूले आफ्ना प्रडक्टमा १७ घण्टा लोडसेडिङमा सर्वसाधारणले भन्दा बढी बिजुली प्रयोग गरेर फाइदा लिनुभएको छ। अहिले तिर्दिन भन्नु त्यति न्यायिक नहोला।’

पछिल्लो सयम देखिएका यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्थालाई धक्का पुर्‍याउने उनको विश्लेषण छ। 

‘यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्थालाई ठूलो धक्का पुर्‍याउने देखाएको छ। ठूलाको बक्यौता नउठाउने, उठाउन नसक्ने, लाइन जोड्दै जाने, हाम्रा १ हजार तिर्न नसक्दा वर्षमा २ लाख लाइन काट्ने अवस्था सिर्जना भएको छ। संकलन घट्दै गएको छ। ९५ प्रतिशत माथि संकलन हुने अवस्थाबाड ८५ प्रतिशत मात्रै संकलन हुने अवस्था छ,’ घिसिङले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad