कारोबार


११ अर्ब बढीको सेयर किनबेचमा यी ५ कम्पनीका लगानीकर्ताले कमाए धेरै

११ अर्ब बढीको सेयर किनबेचमा यी ५ कम्पनीका लगानीकर्ताले कमाए धेरै

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १५:१४, काठमाडौँ

सोमबार उतारचढावका बीच नेप्से २२.१४ अंक बढेर सेयर कारोबार बन्द भएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार ०.८० प्रतिशतले सूचक बढेर २७६०.२१ विन्दुमा आइपुगेको हो। 

२७४० विन्दुबाट सुरुवाती उचाइ लिए पनि २७८२ पुगेपछि झर्ने र चढ्ने क्रमले निरन्तरता पायो। कारोबार बन्द हुनु २७ मिनेट अघिसम्म आइपुग्दा २७३५ विन्दुमा झरेको नेप्से बन्द हुँदा २७६० विन्दु समातेको हो। 

योसँगै आज बजारमा लगानीकर्ताले ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच गरेका हुन्। 

आजको कारोबारमा १४३ कम्पनीको सेयर मूल्य बढेको र ९२ वटाको घटेको तथा ९ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। 

५ कम्पनीको सकारात्मक सर्किट 
सोमबार पाँचवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सामान्य उतारचढावकै बीच सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सृजनशील लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो। 

योसँगै यी कम्पनीका लगानीकर्ताले क्रमशः १८९, १३९.९०, २०९, १७३.१० र २१३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। 

तर इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशत गुमाउनुपरेको छ। उनीहरुले प्रतिसेयर ९०.५० रुपैयाँ नोक्सानी व्यहोरेका हुन्।

यसबाहेक समृद्धि फाइनान्स ९.७१, सानिमा जीआईसी इन्स्योरेन्स ४.१३, दिव्येश्वरी हाइड्रोपावर ३.९९ र सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ३.५० प्रतिशत प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। 

साहस ऊर्जाको उच्च कारोबार 
आज लगानीकर्ताले साहस ऊर्जा लिमिटेडको सेयर सर्वाधिक खरिदबिक्री गरेका छन्। नेप्सेका अनुसार कम्पनीको ३८ करोड १७ लाखको कारोबार भएको हो। 

यसबाहेक हिमालयन रिइन्स्योरेन्सको २६ करोड १५ लाख, अरुणभ्याली हाइड्रोको २५ करोड १० लाख, सानिमा माई हाइड्रोपावरको २२ करोड ७६ लाख र समृद्धि फाइनान्सको २१ करोड ७८ लाखको कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad