कारोबार


एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमार्फत नेपालपे क्यूआरमा अन्तर्देशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंक र एनसीएचएलबीच अलिपेमार्फत नेपालपे क्यूआरमा अन्तर्देशीय भुक्तानी सम्झौता

नेपालखबर
कात्तिक २६, २०८१ सोमबार १३:१, काठमाडौँ

एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लसको नेटवर्कमा रहेका सदस्य वालेटहरुमार्फत नेपालपे मर्चेन्टहरुका क्यूआरमा अन्तर्देशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।  

सम्झौताअन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेबल क्यूआरको मर्चेन्ट क्यूआरमा अलिपेप्लसको नेटवर्कमार्फत भुक्तानी गर्न सकिनेछ। 

चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन तथा इटलीलगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका इन्टरअपरेब क्यूआरमा सजिलै भुक्तानी गर्न सक्नेछन्।

अलिपेप्लसको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केटअन्तर्गत ३० भन्दा बढी इस्युइङ उपकरण, ३०० भन्दा बढी अक्वाइरिङ नेटवर्क, ९ करोडभन्दा बढी ग्लोबल मर्चेन्टहरु आबद्ध छन्।

अलिपेप्लसको नेटवर्कमा अलिपे चाइना, ओसीबीसी, चांगीपे, जीक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, नेभरपे, टीएनजीडी, पीबीबी, ट्रुमनी, एमपे, टिनाबामार्फत अन्तर्देशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था छ।  

एनसीएचएलले अलिपेप्लससँग इन्टरनेसनल पेमेन्ट पार्टनरका रुपमा आबद्ध भई दुइए नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad