कारोबार


सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक, मूल्य कति?

सामसङ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक, मूल्य कति?

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १८:७, काठमाडौँ

सामसङले ल्याएको छ, ग्यालेक्सी ए१६ ५जी।

नयाँ किफायती मिडरेन्ज स्मार्टफोन, ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइसल्यान्ड’सहितको प्रिमियम ग्यालेक्सी ए–सिरीज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथ ग्यालेक्सी ए१६ ५जी सार्वजनिक भएको कम्पनीको भनाई छ।

कम्पनीका अनुसार नयाँ ग्यालेक्सी ए१६ ५जी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए।

ग्यालेक्सी ए१६ ५जी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ ५जी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ।’

कम्पनीका अनुसार सामसङले ग्यालेक्सी ए१६ ५जीलाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गर्दछ, जसको मोटाई मात्र ७.९ एमएम रहेको छ।

यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई यसलाई आरामसँग सजिलै समात्न सक्छन्। ग्यालेक्सी ए१६ ५जीले प्रिमियम फिनिश र विशिष्ट की आइल्याण्ड फ्रेमको साथ ग्लासस्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड–माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्। स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ ५जी ले आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दोरुपमा धुलो र पानी प्रतिरोध प्रदान गर्दछ।

शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५एमपी अल्ट्रा–वाइड क्यामेरा र २एमपी म्याक्रो क्यामेराले सुसज्जित, ग्यालेक्सी ए१६ ५जी ले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्दछ, जबकी १३एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलहरुको स्तरलाई बढाउँछ। फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९०एचजेड रिफ्रेस रेट, एवं माइक्रोएसडी मार्फत १टीबी सम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ।

हुड अन्तर्गत, ग्यालेक्सी ए१६ ५जी मिडियाटेक डी६३०० द्वारा संचालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ। शक्तिशाली ५०००एमएएच ब्याट्रीको साथ, यसले तपाईंलाई कनेक्टेड राख्न दिनभरि पावर दिने सुनिश्चित गर्दछ।

ग्यालेक्सी ए१६ ५जीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ।

ईएएलएसप्लस सर्र्टिफिकेशन मार्फत मानसिक शान्ति प्रदान गर्दै सामसङ नक्स भाउल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो। यसका थप सुविधाहरूमा परिष्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन्।

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध, ग्यालेक्सी ए१६ ५जी को ६/१२८जीबी भेरियन्टको मूल्य रु. २८ हजार ९९९, ८/१२८जीबी भेरियन्टको रु. ३० हजार ९९९ र ८/२५६जीबी भेरियन्टको रु. ३४ हजार ९९९ मूल्य रहेको छ।

ग्यालेक्सी ए१६ ५जीको प्रत्येक खरिदमा २५डब्लु को एड्याप्टर निःशुल्क आउँछ। यी उत्पादनहरु १२ नोभेम्बर २०२४ देखि बजारमा उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवा मार्फत खरिद गर्न सकिन्छ, ० प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टा भित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिन्छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad