कारोबार


त्रिभुवन विमानस्थल १० घण्टा बन्द : बुद्ध एयरले जारी गर्‍यो उडान निर्देशिका

त्रिभुवन विमानस्थल १० घण्टा बन्द : बुद्ध एयरले जारी गर्‍यो उडान निर्देशिका

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८१ मंगलबार १५:३०, काठमाडौँ

त्रिभुवन विमानस्थल विस्तारका लागि करिब ५ महिना १० घण्टा बन्द हुँदै छ। नोभेम्बर ८ देखि करिब ५ महिनासम्म  बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटाम’ जारी भइसकेको छ। 

विमानस्थल १० घण्टा बन्द हुने भएपछि सोहीअनुसार उडान निर्देशिका जारी गरेको छ। स्तरोन्नतिपछि जहाजको आउजाउ तथा ट्राफिकमा धेरै सुविधा हुने बुद्ध एयरको विश्वास छ।

केही महिनापछि सक्रिय हुने मनसुनले स्तरोन्नतिमा बाधा पुग्ने हुँदा अहिलेकै समय तालिका उचित रहेको बुद्ध एयरले उल्लेख गरेको छ।  

जाडो मौसममा अधिकांश विमानस्थलमा हुस्सु तथा कम भिजिबिलिटीका कारण नियमित सञ्चालन प्रभावित हुने गरेको छ।

‘आईएफआर’ गन्तव्यमा रात्रि उडान भएता पनि बेलुका १० बजेभित्र सम्पन्न गर्नुपर्ने हुन्छ। 

त्यसैगरी भीएफआर गन्तव्यहरुमा भिजिबिलिटीका आधारमा दिउँसै सम्पन्न गर्नुपर्ने हुन्छ। अन्यथा उडान रद्द हुने सम्भावना उत्तिकै रहन जान्छ।

बुद्ध एयरसँग समयमै उडान भर्न पर्याप्त जहाजहरु रहे कतिपय अवस्थामा प्रतिकूल मौसम तथा एयर ट्राफिकका कारण उडान प्रभावित हुने गरेको बताएका छन्। 

यी कारणहरुले यात्रुहरु टिकटमा उल्लिखित समयमै एयरपोर्ट चेक–इन काउन्टरमा रिपोर्टिङका लागि बुद्ध एयरले विशेष अनुरोध गरेको छ।

बुद्ध एयरको अनुरोध
१. यात्रुहरुलाई हवाई टिकटमा उल्लेखित समयमै विमानस्थल चेकिङ काउण्टरमा रिर्पोटिङका लागि अनुरोध छ।

२. उडान समयभन्दा १५ मिनेट अगावै त्यस गन्तव्यको चेकिङ काउण्टर बन्द हुनेछ।

३. खराब मौसम तथा एयर ट्राफिकका कारण विमानस्थल ढिलो खुलेमा उडान रद्द हुने सम्भावना उत्तिकै रहेको छ। यस्तो भएमा सिट उपलब्धताको आधारमा अर्को दिनलाई  ‘टिकट रिसेड्युल’ गरिनेछ।

४. उडान रद्द भएका टिकटहरुलाई ‘रिफण्ड प्रोसेसिङ’मा हालिनेछ। अनलाईन टिकेटिङको हकमा त्यहिंबाट रिफण्ड हुनेछ। यसका लागि ३ देखि ४ दिनको समय लाग्नेछ। त्यसैगरि ट्राभल ऐजन्सीबाट टिकट लिएकाहरुले त्यहीं सम्पर्क गर्नसमेत अनुरोध छ।

५. एयर ट्राफिक तथा समय अभावका कारण उडान रद्द भएमा अर्को दिनलाई ‘डिले शेड्युल’ उपलब्ध गराइनेछैन।

६. अन्तर्राष्ट्रियतर्फ कनेक्टिङ उडान हुने यात्रुहरुले फराकिलो समयको अन्तर वा एक दिन अगावैको टिकट लिएमा थप सहज हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad