सीजी हिरो एक्कासी मालामाल दसैँ तिहार अफर अन्तर्गत एकजना भाग्यशाली बिजेताले नगद क्यास ब्याक पाँच लाख रुपैयाँ पाएका छन्।
ति भाग्यशाली विजेता हुन् रामकिशुन यादव। उनले हिरोको स्प्लेनडर प्लस मोडल, सिटी ट्रेड कन्सर्न लाहान सोरुम बाट किनेका थिए।
सीजीले दसैँ तिहार लक्षित गरि एक्कासी मालामालः ‘दसैं तिहार २०८१ को बहार, २ चक्के किन्दा ४ चक्के उपहार’ अफर ल्याएको छ। उक्त अफर अन्तर्गत हिरो ब्रान्डको जुनसुकै मोटरसाइकलत तथा स्कुटर खरिद गर्दा स्क्रयाच कार्डद्वारा नगद ५ लाखसम्म जित्ने मौका साथै बम्पर उपहारमा नेटा ईभी इभी कार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ।
नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्ड मध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ सिजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ६० भन्दा बढी हिरो शोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ साथै निकट भविष्यमा थप शोरुम खोल्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ।
बढ्दो ग्राहकहरूको सङ्ख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।
त्यस्तै, कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५ वर्षे वारेन्टीको घोषणाले ग्राहकको थप विश्वास जित्ने कम्पनीको दाबी छ।
लोकप्रिय उत्पादन सुपर स्प्लेण्डर, स्प्लेण्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बीएस सिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा यूनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया