एयर इन्डियाको विमानमा बम रहेको सूचना आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच थालिएको छ। काठमाडौँबाट भारतको नयाँ दिल्लीका लागि उड्ने तयारीमा रहेको उक्त विमानमा बम रहेको सूचना आएपछि चेकजाँच भइरहेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी डम्बर विकले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, उक्त विमान आजै दिल्लीबाट काठमाडौँ आएको थियो। केहीबेरको अवतरणपछि दिल्ली फर्कने बेलामा बम रहेको सूचना विमानस्थल प्रहरीलाई प्रास्त भएको थियो।
लगत्तै अहिले नेपाली सेना र प्रहरीका तालिमप्राप्त कुकुरसहित ‘सर्च’ थालिएको विकले बताए। उक्त विमानमा दिल्लीबाट आएका यात्रुहरु भने उत्रिसकेका छन्।
यसअघि गत मंगलबार पनि विस्तारा एयरलाइन्सको विमानमा बम राखिएको हल्ला चलेको थियो।
उक्त हल्लापछि प्रहरीले चेकजाँच गर्दा बम नभएको पुष्टि भएको थियो।
Shares

प्रतिक्रिया