समाज


सिकाइ समूहले ल्यायो ‘पावर अफ नाउ’ पुस्तकको नेपाली अनुवाद ‘वर्तमानको शक्ति’

सिकाइ समूहले ल्यायो ‘पावर अफ नाउ’ पुस्तकको नेपाली अनुवाद ‘वर्तमानको शक्ति’

नेपालखबर
कात्तिक १२, २०८१ सोमबार १६:४७, काठमाडौँ

सिकाइ समूहले विश्व प्रसिद्ध पुस्तक ‘पावर अफ नाउ’ को नेपाली अनुवाद ‘वर्तमानको शक्ति’ बजारमा ल्याएको छ।

लेखक एवं अनुवादक रोशन दाहालद्वारा नेपालीमा अनूदित यो पुस्तकलाई पत्रकारद्वय छत्र कार्की र सुदर्शन घिमिरेले सम्पादन गरेका हुन्।

६९५ रुपैयाँ मूल्य रहेको यस पुस्तक काठमाडौँमा उपलब्ध भइसकेको छ भने देशैभर पठाउने काम सुरु भइसकेको समूहले जनाएको छ।

जीवित बुद्ध पुरुषका रूपमा विश्वविख्यात गुरु एवं लेखक एक्हार्ट टोलद्वारा लिखित र पहिलो पटक क्यानडाबाट सन् १९९७ मा प्रकाशित मूल पुस्तक ‘पावर अफ नाउ’को हालसम्म ३३ भाषामा प्रकाशन भइसकेका छन्।

पुस्तकको यही लोकप्रियतालाई आत्मसात् गर्दै नेपाली पाठकलाई पनि नेपाली भाषाबाट साक्षात्कार गराउने प्रयास समूहले गरेको हो। पुस्तक विशेषत: शिक्षक, अभिभावक, कक्षा १० माथिका विद्यार्थी र जीवनको वास्तविक अर्थ खोजिरहेका हरेक मानिसलाई उपयोगी हुने दावी समूहको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad