नेप्से परिसूचक साताको पहिलो कारोबार दिन ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा झरेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेयरबजार ०.३४ प्रतिशतले घटेको हो।
गिरावटसँगै ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँको कारोबार भएको छ। १ करोड ११ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो।
यो कारोबारमा ९१ कम्पनीको सेयर बढ्दा १४१ वटाको मूल्य घटेको छ। ११ वटाको मूल्यमा कुनै परिवर्तन भएको छैन।
आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर, मैलुङ खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले र समृद्धि फाइनान्स ९.९९ प्रतिशत तथा कालिञ्चोक दर्शन लिमिटेडको सेयर ९.७७ प्रतिशतले बढेको छ।
यी कम्पनीका लगानीकर्ताले क्रमशः ११०.१५, ५२.२०, ४९.६०, ७४.७० र १०० रुपैयाँ प्रतिसेयर आम्दानी गरे।
तर नेपाल एसबीआई (–६.७९ प्रतिशत), प्राइम कमर्सियल बैंक (–४.१७ प्रतिशत), रावा इनर्जी (–४.०३ प्रतिशत), आईसीएफसी फाइनान्स (–३.८३ प्रतिशत)को सेयर मूल्यमा भने गिरावट आएको छ।
कारोबारतर्फ आईसीएफसी फाइनान्सको सर्वाधिक ३२ करोड ६४ लाख, नेपाल एसबीआई बैंकको २१ करोड ६२ लाख, सीईडीबी हाइड्रोपावरको १८ करोड, नेपाल फाइनान्सको १८ करोड र समृद्धि फाइनान्सको पनि १८ करोडबराबरको सेयर किनबेच भएको छ।
आज वाणिज्य बैंक, विकास बैंक, लगानी, उत्पादन, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य उपसूचकहरु राताम्य रहे।
Shares

प्रतिक्रिया