हङकङ वाइन र डाइन फेस्टिभलमा परेन ट्रामीको प्रभाव, घटेन व्यापारको रफ्तार

हङकङ वाइन र डाइन फेस्टिभलमा परेन ट्रामीको प्रभाव, घटेन व्यापारको रफ्तार

नेपालखबर
कात्तिक ११, २०८१ आइतबार १५:३०, हङकङ

हङकङ वाइन र डाइन फेस्टिभलमा टाइफुन ट्रामीले व्यापारलाई हानि गर्न पाएन। मानिसको उत्साह कम गरेन। बरु गतवर्षको कार्यक्रममा भन्दा यस पटक बढी व्यापार भएको केही विक्रेताले बताएका छन्। महोत्सवमा पर्यटकको चाप बढेको व्यवसायीले कार्यक्रमको अन्तिम दिन आइतबार बताए।

मेपल इन्टरनेसनल इन्टरप्राइजका सीईओ कोन्टे चुङका अनुसार उनको वाइन बिक्री कक्षमा गत वर्षको तुलनामा २ सय प्रतिशतले व्यापार बढ्यो। ‘म विगतका केही रातबाट धेरै सन्तुष्ट छु, ’ उनले सन्तुष्टि पोखे।

यस वर्षको महोत्सव गत बुधबारबाट सुरु भएको थियो। जसमा ३५ देश र क्षेत्रका पेय पदार्थका ३ सय स्टल छन्।

हङकङ टुरिजम बोर्डले यसअघि नै कार्यक्रममा १ लाख ५० हजार पर्यटकलाई आकर्षित गर्ने अनुमान गरेको थियो। गत वर्ष यो संख्या १ लाख ४० हजार थियो।

स्काईसिटी मेरियट होटेलका खाना तथा पेय पदार्थ निर्देशक रोजर लले शनिबारको कारोबारको संख्या शुक्रबारको तुलनामा झन्डै दोब्बर भएको बताए। ‘सुरुमा हामीलाई आँधीले प्रभाव पार्ने डर थियो। तर, परिणाम विपरीत  रह्यो,’ उनले भने।

बाचस फाइन वाइन्सको मार्केटिङमा काम गर्ने वेन्डी वोङ वान पनि वर्षाका बाबजुद बाहिर निस्केका आगन्तुकहरूको संख्या देखेर छक्क परिन्। ‘टाइफुन भए पनि व्यापार गत वर्षको तुलनामा अझ राम्रो थियो,’ उनले भनिन्।

वोङले समग्र व्यापार गत वर्षको तुलनामा करिब १५ प्रतिशतले बढेको बताइन्। कार्यक्रममा धेरै अन्तर्राष्ट्रिय आगन्तुकलाई आफूले देखेको उनी बताउँछिन्।

आँधी ट्रामी हङकङबाट नजिकको दूरीमा रहेपछि सहरमा शुक्रबार बिहान १:४० मा टी१ संकेत जारी गरिएको थियो। आँधीको प्रभाव बढ्दै जाँदा शनिबार बिहान १०:४० मा टी३ जारी गरियो भने प्रभाव घटेसँगै राति १०:२० टी१ मा डाउनग्रेड गरी त्यसको २ घण्टापछि रद्द गरिएको थियो। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .