कारोबार


२० अंकले घट्यो सेयरबजार, नेप्से २६४५ विन्दुमा

२० अंकले घट्यो सेयरबजार, नेप्से २६४५ विन्दुमा

नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १५:२३, काठमाडौँ

सेयरबजारमा गिरावट आएको छ। नेप्से सूचक २०.४१ अंकले घटेर २६४५.३९ विन्दुमा पुगेको हो। 

योसँगै आज ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार ९३ लाख कित्ता सेयर किनबेचमा उक्त परिमाणको कारोबार भएको हो। 

आज १४५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० वटाको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज आईसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेपछि लगानीकर्ताले ७४.९० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन्। 

यसबाहेक समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्सका सेयरधनीले पनि कमाएका छन्। गिरावटतर्फ कम्पनीहरुको सेयर आज अधिकतम ४.२८ प्रतिशतसम्म मात्र घटेको छ। 

कारोबारमा भने आईसीएफसी फाइनान्सको सर्वाधिक ४३ करोड ४४ लाखको कारोबार भएको छ। 

आज कुमारी बैंकको २६ करोड, साहस ऊर्जाको २६ करोड, समृद्धि फाइनान्सको २४ करोड र हिमालयन डिस्टिलरीको १९ करोडको सेयर खरिदबिक्री भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad