कारोबार


अब सिनेमा हलभित्र पानी र खानेकुरा बढी मूल्यमा बिक्री गर्न नपाइने

अब सिनेमा हलभित्र पानी र खानेकुरा बढी मूल्यमा बिक्री गर्न नपाइने

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०८१ बुधबार १३:११, काठमाडौँ

अब सिनेमा हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढीमा बिक्री गर्न नपाइने भएको छ। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति निकाल्दै यस्तो आदेश गरेको हो।  

सोमबार विभाग र प्रदर्शक संस्था नेपाल चलचित्र संघबीच यसबारे छलफल थियो। एमआरपीभन्दा बढी मूल्य लिएमा हललाई कानुन अनुसार कारवाही गर्नेसमेत चेतावनी विभागले दिएको छ। 

‘बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने, उपभोक्ताको हक अधिकार संरक्षण गर्ने सवालको सिलसिलामा उक्त छलफल भएको हो’ विज्ञप्तिमा लेखिएको छ। 

साथै चाडपर्वको बेलामा बजार अनुगमन तिव्रता प्रदान गरि अनुगमन टोली परिचालन गरिएको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad