संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशहरूविरुद्धको उजुरी १२ गते खोल्ने भएको छ।
सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेविरुद्ध सुनुवाइ समितिले असोज १५ गते उजुरी आह्वान गरेको थियो।
तोकिएको समय (असोज २९ सम्म) मा प्रस्तावित दुई न्यायाधीशमध्ये निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेको छ।
कार्तिक १२ गते समितिको बैठक बसेर न्यायाधीशहरुविरुद्धको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरिने समितिका सहसचिव निर्मलादेवी लामिछानेले जानकारी दिइन्।
समितिले १३ गते बेल्जियमका लागि प्रस्तावित रादूत सेवा लम्सालको सुरुवाइ गर्दैछ। समिति सचिवालयका अनुसार त्यसपछि मात्रै न्यायाधीशहरुको सुनुवाइ अघि बढ्नेछ।
573
Shares

प्रतिक्रिया