कारोबार


व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा अर्थ मन्त्रालय केन्द्रित हुन्छ : मन्त्री पौडेल

व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा अर्थ मन्त्रालय केन्द्रित हुन्छ : मन्त्री पौडेल

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १४:३३, काठमाडौँ

व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।

अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन्।

उनले राजस्व सङ्कलन र पुँजीगत खर्चका लागि अझ बढी सामथ्र्य लगाउन निर्देशन दिनुभयो ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराउन भएको थियो । बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad