समाज


रवि लामिछानेका समर्थकद्वारा पत्रकारमाथि हातपात, क्यामेरा तोडफोडको प्रयास

रवि लामिछानेका समर्थकद्वारा पत्रकारमाथि हातपात, क्यामेरा तोडफोडको प्रयास

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १४:४७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले हातपात र तोडफोड गरेको नेपाल पत्रकार महासंघले जनाएको छ।

आज (आइतबार) बिहान ११ः३० बजेतिर पोखराको शहीद चोकमा अध्यक्ष लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले निषेधाज्ञा तोड्दै जुलुस निकोलेका थिए।

उक्त जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा आन्दोलनरत कार्यकर्ताले हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको महासंघले जनाएको छ।

‘नागरिकलाई सुसूचित गराउन सञ्चारकर्ममा खटिरहेका पत्रकारमाथि एउटा स्थापित पार्टीका कार्यकर्ताबाट भएको यो हर्कत अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यो घटनाले पत्रकारको र नागरिकको संविधानप्रदत्त अधिकारमा हस्तक्षेप भएको महासंघको ठहर छ। महासंघ घटनाको कडा शब्दमा भर्त्सना गर्दछ।’
 

घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ पत्रकारलाई निर्धक्क र निर्वाध रुपमा सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

साथै, संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको ख्याल गरी त्यसलाई सम्मान गर्न सम्बन्धित पार्टीको पनि महासंघले ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad