कारोबार


नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

नवीकरण नगरेपछि सेवा रेमिटको इजाजतपत्र खारेज, कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

नेपालखबर
कात्तिक २, २०८१ शुक्रबार १४:५, काठमाडौँ

समयमा नवीकरण नगरेका कारण सेवा रेमिटको इजाजतपत्र खारेज भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार उक्त कम्पनीको इजाजतपत्र खारेज गरेको जनाएको हो। 

राष्ट्र बैंकले सेवा रेमिट प्रालिलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली,२०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप विनियम (१०) खण्ड (ङ) बमोजिम खारेज गरेको हो।

खण्ड (ङ) मा इजाजतपत्रको म्याद गुज्रिएको मितिले १८० दिनभित्र नवीकरणका लागि निवेदन पेस नगर्ने विप्रेषण कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सेवा रेमिटको इजाजपत्र खारेज भएको हो। सो कम्पनीले उक्त विनियमविपरीत नवीकरणका लागि कुनै पनि निवेदन पेस नगरेपछि इजाजतपत्र स्वत: खारेज भएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले सो रेमिटबाट कुनै पनि कारोबार नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad