साफ महिला च्याम्पियनसिप अन्तर्गत ‘समूह बी’ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध श्रीलंकाले सुरुवाती अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबारको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सविरुद्ध १–० ले अग्रता लिएको छ।
खेलको १८ औँ मिनेटमा परेराको क्रसमा इमेसा अनुराधिनीको गोलमा श्रीलंकाले सुरुवाती अग्रता बनाएको छ।
पहिलो हाफको आठौँ मिनेटमा गोलरक्षक अघि बढेको मौकामा श्रीलंकाकी सिभानेसस्वरन थर्मिकाले डिफेन्डरलाई बिट गर्दै गरेको फितलो प्रहार सेकेण्ड बारमा लाग्दै बाहिरियो।
१५ औँ मिनेटमा श्रीलंकाकी कोस्वाथेस परेराको कर्नर मालदिभ्सकी डिफेन्डरले क्लियर गरिन्।

प्रतिक्रिया