कारोबार


कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ : अध्यक्ष ढकाल

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ : अध्यक्ष ढकाल

नेपालखबर
असोज २९, २०८१ मंगलबार १६:३४, काठमाडौँ

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताए। 

कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गर्दै उनले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभूत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो पनि गरे। 

‘कोरला नाका नेपालको लागि निकै महत्त्वपूर्ण नाका हो। भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रुपमा यो नाका रहेको छ। अहिले सडक पूर्वाधारको हिसाव गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ। धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ। सडकको हिसाबले सुनौली नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ,’ उनले भने, ‘नेपाल आउने अधिकांश पर्यटकहरुमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरु करिब ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन्। त्यसैले पनि पर्यटनको हिसावले पनि यो नाका त्यत्तिकै महत्त्वपूर्ण छ।’

अधिकांश सडकहरू पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्त्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने जिकिर गरे।

उनले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको पनि बताए।

‘व्यवसायिक एक्टिभिटी, ट्रेडको हिसाबमा पनि कोरला नाका निकै नै आर्थिक गतिविधि बढाउनका लागि महत्त्वपूर्ण छ। चीनको तर्फबाट बोर्डरमा पूर्वाधारहरु तयार भएको छ। हाम्रो तर्फबाट पूर्वाधार केही पनि तयार भएको अवस्था रहेनछ। यो दुई देशको बोर्डरमा बेसिक लेभलको इन्फास्ट्रक्चर बनाउनसके कोरला नाकाबाट पर्यटन गतिविधि, व्यापारजन्य क्रियाकलापबाट धेरै फाइदा नेपालले लिनसक्छ। बेसिक स्तरको पूर्वाधार बनाउने कुरा त्यति खर्चिलो हुन्छ जस्तो मलाई लाग्दैन। सरकारले तुरुन्तै यहाँ बेसिक पूर्वाधार बनाउनुपर्छ। यो नाका धेरै प्राथमिकता दिएको नाका हो। निजी क्षेत्रले पनि त्यसरी नै हेरेको छ,’ उनले भने।

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad