सीएनबीसीका अनुसार कोरोना भाइरसले अमेजन कम्पनीको सेयर मूल्यमा ह्रास आएपछि संसारकै धनी व्यक्ति जेफ बेजोसले एकै दिनमा ७ अर्ब अमेरिकी डलरको सम्पत्ति गुमाएका छन्।
बेजोसको सम्पत्ति एकै रातमा ११७ अर्ब डलरदेखि झरेर ११० अर्बमा पुगेको बताइएको छ।
गत महिनामात्र कोरोना भाइरसकै कारण बेजोसले १८ मिलियन डलर गुमाएका थिए।
कोरोनाको त्रासपछि कम्पनीहरु बन्द हुनु, सेयरमा गिरावट आउनु, व्यापार नहुनुले बेजोसमात्र घाटामा छैनन्।
अमेरिकाका चार ठूला कम्पनी एप्पल, अमेजन, माइक्रोसफ्ट, अल्फाबेट यी कम्पनीले एकै दिनमा आफ्नो मूल्य ३२१ अर्ब डलरले गुमाएको सीएनबीसीले जनाएको छ।
उक्त संचारमाध्यमका अनुसार टेस्ला र स्पेस एक्सका मालिक एलन मस्कले पनि एकै दिनमा ४ अर्ब डलर गुमाएका छन्।
विश्व स्वास्थ्य संगठनले भीडभाड नगर्न समूहमा नबस्न सुझाव दिएसँगै ठूलो कम्पनीहरुको वार्षिक कार्यक्रमहरु स्थगित गरिएका छन्।
नयाँ सामाग्री सार्वजनिक गर्न नपाउँदा र बेच्न नपाउँदा कम्पनीहरुले घाटा व्यहोरिरहेका छन्।

प्रतिक्रिया