ad ad

कारोबार


‘केटीएम ट्र्याक टेस्ट एक्सपिरियन्स’ असोज ११ र १२ गते

‘केटीएम ट्र्याक टेस्ट एक्सपिरियन्स’ असोज ११ र १२ गते

नेपालखबर
असोज ७, २०८१ सोमबार १६:१८, काठमाडौँ

केटीएम नेपालले ‘केटीएम ट्र्याक टेस्ट एक्सपिरियन्स’ को घोषणा गरेको छ। कार्यक्रम यही असोज ११ र १२ गते (सेप्टेम्बर २७ र २८) गरी दुई दिन आयोजना हुने कम्पनीले जनाएको छ।

यो कार्यक्रमले मोटरसाइकल प्रेमीहरूलाई केटीएमका विभिन्न मोडेलहरूको टेस्ट राइड गर्नका साथै रोमाञ्चक ‘हट ल्याप च्यालेन्ज’ मा सहभागी हुने अनौठो अवसर प्रदान गर्नेछ।

सेप्टेम्बर २७ मा एडभान्स राइडिङ एकेडेमी, भक्तपुरमा टेस्ट राइड एक्सपिरियन्स हुनेछ।

कम्पनीका अनुसार पहिलो दिन सहभागीहरूले केटीएम २००डुक, २५०डुक, २०० आरसी र ३९० डुक मोडेलहरू विशेष रूपमा डिजाइन गरिएको ट्र्याकमा टेस्ट राइड गर्ने अवसर पाउनेछन्।

विज्ञ राइडरहरूले प्रशिक्षण सत्रहरू सञ्चालन गर्नेछन् र मोटरसाइकलहरूको अनुभव र टिप्स साझा गर्नेछन्, जसले सहभागीहरूलाई महत्त्वपूर्ण सल्लाह र निर्देशन प्रदान गर्नेछ।

दोस्रो दिन सेप्टेम्बर २८ मा ‘हट ल्याप च्यालेन्ज’ आयोजना हुनेछ, जहाँ सहभागीहरूले छ ल्यापको समय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। यो प्रतियोगिता तीन समूहमा विभाजित गरिनेछः प्रो रेसरहरू, अमेच्योरहरू, र महिला। हरेक श्रेणीमा सबैभन्दा छिटो समय निकाल्ने प्रतिस्पर्धीहरूलाई दिनको अन्त्यमा घोषणा गरिनेछ।

किन सहभागी हुने?
रोमाञ्चक अनुभवः केटीएमका नयाँ मोडेलहरू सुरक्षित र नियन्त्रित वातावरणमा टेस्ट राइड गर्ने अवसर।

विज्ञबाट सिक्ने मौकाः प्रो रेसिङ च्याम्पियनहरूबाट टिप्स र सल्लाह प्राप्त गर्ने अवसर।

प्रतिस्पर्धा र जितः हट ल्याप च्यालेन्जमा भाग लिएर रोमाञ्चक पुरस्कार जित्ने मौका।

दर्तास् सहभागीहरूले कम्पनीको वेबसाइट मा गएर वा कार्यालयमा ०१-४५१५४६२ मा सम्पर्क गरेर दर्ता गर्न ससक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .