ad ad

कारोबार


सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो

चाँदी पनि सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो

नेपालखबर
असोज ३, २०८१ बिहिबार १०:५७, काठमाडौँ

सुनको मूल्य आज थप आठसय रुपैयाँ घटेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ६ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो पनि सुनको मूल्य घटेको थियो। गएको मंगलबार प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको सुनको मूल्य हिजो थप तीन सय रुपैयाँ सस्तिएर एक लाख ५६ हजार चार सयमा झरेको थियो।  

सुन आज थप आठसय रुपैयाँ सस्तिएको हो। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ थियो। 

गएको भदौ अन्तिम दिन (भदौ ३१ गते) सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक महँगो मूल्य हो। 

आज चाँदीको मूल्य पनि घटेको छ। हिजो पनि भाउ घटेर एक हजार ८ सय ९० रुपैयाँमा झरेको चाँदीको मूल्य आज थप १० रुपैयाँ घटेर एक हजार ८ सय ८० रुपैयाँमा झरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .