तपाईंले नेपाल टेलिकमको डाटा चलाउँदै हुनुहुन्छ भने सकिनै लागेको पूर्व जानकारी तपाईंको मोबाइलमा आउने भएको छ।
यसअघि डाटा चलाइरहँदा प्याक सकिएपछि मात्र उपभोक्तालाई उक्त जानकारी आउँथ्यो।
नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकले लिएको डाटा प्याक सकिनै लागेको जानकारी दिन सुरु गरेको जनाएको छ।
टेलिकमका अनुसार डाटा प्याकेजको रकम ८० प्रतिशत सकिएपछि एउटा अलर्ट म्यासेज आउने छ। साथै, सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट म्यासेज पनि प्राप्त गर्ने टेलिकमले जनाएको छ।
टेलिकमले फागुन २२ देखि मोबाइल सेवाको सिस्टम अपग्रेड गरेसँगै उक्त सेवा सुरु भएको हो।
कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिस्टमबाट जीएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पीसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो।
पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरेपछि सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ। यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन्।
यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी÷थ्रीजी÷फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको जनाएको छ।

प्रतिक्रिया